बच्चालाई स्वस्थ र तन्दुरुस्त राख्ने यी १० महत्वपूर्ण कार्यहरु READ MORE

भिडियो हेर्न तलको बक्स भित्र किलिक गर्नुहोस

मिडिया एनपी, काठमाडौं । हरेक प्राणीको शिशु अवस्थामा स्याहारको निकै आवश्यक पर्छ । यस अवस्थामा ध्यान दिन नसकिए बच्चा बिरामी मात्रै जीवनभर रोगी पनि हुन सक्छन् । यसर्थ बच्चाहरुको राम्रो र सावधानी पूर्वक ख्याल गर्नु सबै अभिभावकको कर्तव्य पनि हो । आज सानो सानो कुरामा ध्यान दिएर रेखदेख गर्न सकिए भोलि बच्चा स्वस्थ र तन्दुरुस्त रहन सक्ने चिकित्सकको दावी छ ।

बच्चाहरुलाई स्वस्थ र तन्दुरुस्त राख्न गर्नुपर्ने यी १० महत्वपूर्ण कार्यहरु :

१. बच्चालाई न्यानो बनाएर राख्ने । मौसम अनुसारको लुगा लगाई दिने ।

२. जन्मेको ६ महिनासम्म बच्चालाई आमाको मात्र दूध खुवाउने ।

३. ६ महिनामाथि दुई वर्षसम्मका बच्चालाई साथमा लिटो पनि खुवाउने ।

४. बच्चालाई राम्ररी साबुनपानीले हातखुट्टा धोएर मात्र खानेकुरा खुवाउने । र यही बानी लगाउने ।

५. तातोपानीले धोएर वा डुबाएर मनतातो बनाई फलफूल वा रस खुवाउने ।

६. कोठामा भरसक कोइला नबाल्ने, बाल्नुपरे झ्यालढोका खोलेर मात्र बाल्ने । तथा बच्चालाई एक्लै नछाड्ने ।

७. चकलेट, चाउचाउ, बिस्कुटजस्ता जंक फुड नखुवाउने ।

८. घरबाहिर बच्चालाई डुलाउँदा माक्स अनिवार्य लगाइदिने ।

९. विभिन्न किसिमका संक्रमणको सम्भावना बढी हुने हुँदा बच्चालाई लिएर ठूलो जमघट भएको ठाउँमा धेरैबेर नबस्ने । बस्नु परे निकै सावधानी अपनाउने ।

१०. सरकारले लगाउने सबै खोप नछुटाई लगाउनुपर्छ ।

 

भिडियो हेर्न तलको बक्स भित्र किलिक गर्नुहोस

0 Response to "बच्चालाई स्वस्थ र तन्दुरुस्त राख्ने यी १० महत्वपूर्ण कार्यहरु READ MORE"

Post a Comment

Popular Posts

Popular Posts